निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

लुम्बिनीलाई मिनी नेपालका रुपमा व्यवस्थित गर्ने छौं : मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री लिला गिरीले शुभकामना व्यक्त गरेका छन् । बुधबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गिरीले स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीबाट शुन्यदेखि व्यवस्थापनको कार्य थालनी गरिएको बताएका छन् ।

शुभकामना शन्देशमा लेखिएको छ–‘पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैं यतिबेला स्थायी राजधानी स्थल राप्ती उपत्यका देउखुरीबाट उसैगरी शून्यबाट राजधानी व्यवस्थापनको कार्यको थालनी गरेका छौं । नदी सभ्यतामा आधारित समुन्नत र योजनाबद्ध सहरसहितको व्यवस्थित राजधानी निर्माण गर्ने कामलाई पूरा गर्ने संकल्प लिएका छौं ।’
अघिल्लो ५ वर्षको अवधिमा प्रदेश सरकारलाई नागरिकले सुन्ने र देख्ने विन्दुमा ल्याइपुर्याएको बताउँदै तीन तहका सरकार बीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पनामा जोड दिएका छन् । संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यकको बताउँदै मुख्यमन्त्री गिरीले बितेका पाँच वर्षमा संघीयता कार्यान्वयनको सन्दर्भमा भएका कार्यलाई निरन्तरता दिँदै प्रदेश सरकारले विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दूमा राखेर ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी’को लक्ष्यलाई कार्यान्वयन गर्न दत्तचित्त रहेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीको शुभकामना सन्देशमा अगाडि लेखिएको छ–‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवन पद्दतिका रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद् अनुभूति गर्न पाउँछन् भन्ने मान्यतालाई स्थापित गर्न प्रदेश सरकार लागिपरेको छ । मिनी नेपालका रुपमा लुम्बिनी प्रदेशलाई व्यवस्थित गर्नेतर्फ हाम्रा योजना र कार्यक्रम केन्द्रित रहेका छन् ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित