रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

लुम्बिनीलाई मिनी नेपालका रुपमा व्यवस्थित गर्ने छौं : मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री लिला गिरीले शुभकामना व्यक्त गरेका छन् । बुधबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गिरीले स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीबाट शुन्यदेखि व्यवस्थापनको कार्य थालनी गरिएको बताएका छन् ।

शुभकामना शन्देशमा लेखिएको छ–‘पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैं यतिबेला स्थायी राजधानी स्थल राप्ती उपत्यका देउखुरीबाट उसैगरी शून्यबाट राजधानी व्यवस्थापनको कार्यको थालनी गरेका छौं । नदी सभ्यतामा आधारित समुन्नत र योजनाबद्ध सहरसहितको व्यवस्थित राजधानी निर्माण गर्ने कामलाई पूरा गर्ने संकल्प लिएका छौं ।’
अघिल्लो ५ वर्षको अवधिमा प्रदेश सरकारलाई नागरिकले सुन्ने र देख्ने विन्दुमा ल्याइपुर्याएको बताउँदै तीन तहका सरकार बीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पनामा जोड दिएका छन् । संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यकको बताउँदै मुख्यमन्त्री गिरीले बितेका पाँच वर्षमा संघीयता कार्यान्वयनको सन्दर्भमा भएका कार्यलाई निरन्तरता दिँदै प्रदेश सरकारले विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दूमा राखेर ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी’को लक्ष्यलाई कार्यान्वयन गर्न दत्तचित्त रहेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीको शुभकामना सन्देशमा अगाडि लेखिएको छ–‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवन पद्दतिका रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद् अनुभूति गर्न पाउँछन् भन्ने मान्यतालाई स्थापित गर्न प्रदेश सरकार लागिपरेको छ । मिनी नेपालका रुपमा लुम्बिनी प्रदेशलाई व्यवस्थित गर्नेतर्फ हाम्रा योजना र कार्यक्रम केन्द्रित रहेका छन् ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित