लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने बस्तीबीचमा पेट्रोलियम डिपो, आगलागीको जोखिम एमबीबीएस र इन्जिनियरिङ पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई मणिमुकुन्द कलेजको सम्मान जगदम्बा मोटर्सद्वारा टिभिएसका दुई बाइक बुटवलमा सार्वजनिक सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित                
समाचार :

होटल पौवाद्वारा यस वर्ष पनि सराय नाच प्रदर्शन गरिँदै

 

बुटवल । लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले होटल पौवाले बडादशैं २०८२ को अवसरमा यस वर्ष पनि सराय नाच सांस्कृतिक महोत्सवको आयोजना गर्दैछ । तिलोत्तमा-३, योगीकुटीमा अवस्थित होटल पौवामा आगामी शनिवार (२०८२ असोज २५) साँझ ५:३० बजेदेखि लोपोन्मुख सराय नाचको प्रदर्शन हुने भएको छ ।

लुम्बिनी प्रदेशका पहाडी भेगहरू गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्ग्रा लगायतका जिल्लाहरूमा प्रचलित धार्मिक र सांस्कृतिक महत्व बोकेको सराय नाचले दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीयालीलाई चित्रण गर्छ । यसवर्ष पौवा सराय नाच सांस्कृतिक महोत्सवमा पाल्पाको मुझुङ रैनादेवी छहारा वडा नं. ५ कालिका युवा क्लबका कलाकारहरूको टोलीले सराय नाचसँगै अन्य विविध सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्नेछन् ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड बिष्णु भण्डारीले जानकारी दिए  । “नयाँ पुस्तालाई नेपालको लोपोन्मुख सांस्कृतिक पहिचानसँग जोड्न होटल पौवाले निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । हामीले बुटवल शाखाबाट सराय नाचको प्रदर्शन गर्दैआएका छौं, जसले सांस्कृतिक संरक्षणमा योगदान पुऱ्याउने हाम्रो विश्वास छ ।”, भण्डारीले भने ।

महोत्सवमा सांस्कृतिक प्रस्तुतिसँगै पहाडी परम्परागत खानपिनको स्वाद लिन सकिनेछ । योगीकुटी शाखाका व्यवस्थापक प्रकाश पाठकका अनुसार सेलरोटी, बटुक, चुकौनी लगायतका नेपाली परिकारका स्टलहरू राखिनेछ ।

होटल पौवाले विगत ९ वर्षदेखि ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारासहित लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय स्थलहरूसहित देशभर १६ स्थानमा सेवा प्रदान गर्दै आएको छ । जुम्ला, धनगढी, भालुवाङ, घोराही, लमही, गोरुसिङ्गे, योगीकुटी, भैरहवा, तानसेन, रेसुङ्गा, नेपालगन्ज, पोखराको लेकसाइड, काठमाडौंको गौशाला, चितवनको भरतपुर, सिन्धुलीको मुलकोट र कालिञ्चोकको कुरिभ्यालीमा पौवाका होटल रिसोर्ट सञ्चालित छन् । नेपालगन्जमा पाँचतारे होटलको निर्माण कार्य सम्पन्न भै ब्यान्क्वेट सेवा, फाइन डाइन रेस्टुरेन्ट र नेपाली ब्रान्ड भात भान्सा सञ्चालनमा छन् । ब्राण्ड प्रमुख भण्डारी भन्छन्, ‘नेपालीपनको आतिथ्यतालाई आत्मसात गर्दै आएको पौवाले तारे होटलमा पनि सुलभ मूल्यमा रैथाने स्वादको खाना खुवाउन भातभान्सा नामको नयाँ ब्रान्ड सञ्चालन सुरु गरेको हो । नेपालगन्जबाट सुरु भएको यो ब्रान्ड पौवाको भैहरवाको शाखामा पनि स्थापित भएको छ ।’

होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले नेपालको सांस्कृतिक विविधतालाई जगेर्ना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याउन होटलले निरन्तर प्रयास गरिरहेको बताए । “नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा र खानपिनको प्रवर्द्धनले पर्यटन उद्योगमा महत्वपूर्ण भूमिका खेल्छ । पौवाले हरेक चाडपर्वलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै नेपाली आतिथ्यताको पहिचानलाई विश्वसामु पुऱ्याउने प्रयास गरिरहेको छ ।” अध्यक्ष भण्डारीले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित