तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी अलपत्र बेलबास–बेथरी सडक निर्माण पुन: अघि बढ्दै तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु राष्ट्रिय व्यवसायिक पहलको लुम्बिनी प्रदेश संयोजकमा उज्ज्वलप्रसाद कसजू कालिका मानवज्ञान माविकाे अध्यक्षमा नित्यानन्द ज्ञवाली नयाँगाउँ माविले ६३ औं वार्षिकोत्सब एव अभिभावक दिवस मनायाे रुपन्देहीमा माघ ३ गते तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुँदै एघारौँ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिता सुरु                
समाचार :

बाँदरको त्रासले नपाकेकै सुन्तला बेच्न बाध्य पाल्पाका किसान

बाँदरको त्रासका कारण पाल्पाका किसानले नपाक्दै सुन्तला बेच्न बाध्य भएका छन् ।

ग्रामीण बस्तीमा बाँदरले सुन्तलामा नोक्सानी पुर्‍याउन थालेपछि काँचोमै सुन्तला बेच्न हतारिएको किसानले बताएका छन् ।

अहिले खेतबारीमा अन्य अन्नबाली नभएको कारण बाँदरले सुन्तलामा नोक्सानी पुर्‍याउन थालेपछि काँचोमै सुन्तला बेचेको बगनासकाली-४ का किसान गुरुदत्त अर्यालले बताए ।

नपाक्दै सुन्तला बेच्नु पर्दा कम मूल्य पर्ने गरेको गुनासो किसानको छ । खासगरी बगनासकाली गाउँपालिकाभित्रका विभिन्न गाउँमा अहिले सिकानले काँचोमै सुन्ताल टिपेर बेचेका हुन् ।

जंगली जनावरको हैरानी र काम गर्ने जनशक्ति नभएपछि वैकल्पिक खेतीका रुपमा गरिएको सुन्तला खेतीमा बाँदरले हैरानी पुर्‍याएको किसानको भनाइ छ ।

‘बाँदसहितका जंगली जनावरले हैरानी पुर्‍याएपछि खेतबारीमा अन्य अन्नबाली लगाउन छाडेर सुन्तला खेती सुरु गरेका थियौं । त्यो पनि बाँदरले खाने, रुख हल्लाएर फलजति झारिदिने जस्ता हैरानी पुर्‍याएपछि समस्यामा परेका छौं’, बगनासकाली ५ दर्लमडाडाँका किसान दिननाथ गैरेले भने ।

केही समय बोटमै राख्न सके सुन्तलाले राम्रो मूल्य पाउने भए पनि र बाँदरबाट जोगाउन पहिल्यै सुन्तला बेच्नु परेको किसानहरुको गुनासो छ ।

बगनासकाली गाउँपालिका विभिन्न गाउँबाट अहिले किसानले सुन्ताल निर्यात गरिरहेका छन् । किसानले उत्पादन गरेको सुन्तला प्रतिकेजी ६५ रुपैयाँमा बिक्री हुँदै आएको छ ।

हरियोमै बिक्री गर्दै आएको सुन्तला अबको एक महिनासम्म जोगाउन सकेमा प्रतिकेजी दश रुपैयाँसम्म मूल्य वृद्धि हुने किसानको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित