जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

३५ करोड लगानीमा शाहील्याण्ड होटल सञ्चालनमा

बुटवल । बुटवल–११ नहरपुरमा ३५ करोड रूपैयाँको लगानीमा आधुनिक सुविधा सम्पन्न शाही ल्याण्ड होटेल सञ्चालनमा आएको छ । ११ कठठा आफ्नै स्वात्विको जग्गामा नेपालीपन झल्किने गरी बनेको यो ‘स्टार लेबल’ को होटल हो ।

युवा उद्यमी तथा जनप्रतिनिधि नकुल शाही ठकुरीले एकल लगानीमा ४५ वटा डिलक्स कोठासहित होटल सञ्चालनमा ल्याएका हुन् । केही समय अघिदेखि होटल सञ्चालनमा रहे पनि सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी शनिबार उद्घाटन गरिएको हो ।

होटेलको बाहिरी बनावट र सुविधासम्पन्न रुमहरूले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने सञ्चालन शाहीले बताए । होटेलमा ३०० जना क्षमताको दुई वटा ब्यान्क्वेट हल, मिटिङ हल, रुपटप रेष्टुरेन्ट समेत रहेको छ ।

तिनाउ नदी पारी बेलबास बेथरी सडकसँग शान्त वातावरणमा रहेको होटलमा पर्याप्त पार्किङ स्थल रहेको शाहीले बताए । पछिल्लो समय मुलुकमा भएको आन्दोलनले अफ्टयारोमा परेको अवस्थामा मुलुकको आर्थिक समृद्धिको दीगो आधार पर्यटन नंै हो भन्ने आत्मविश्वासका साथ होटेलमा लगानी गरिएको शाहीको भनाइ छ ।

होटलका प्रबन्धक विनोद भटटराईले होटलमा नेपाली खानालाई प्रबद्र्धन गर्ने बताए । साथै चाइनिज, कान्टिनेन्टल, इन्डियन, थाई, युरोपियन लगायत विभिन्न देशका परिकारहरु समेत पाइने प्रबन्धक भटटराईले बताए । होटलमा ३५ जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । होटलमा छिटटै १ हजार क्षमताको ब्यान्क्वेट हल र स्वीमिङ पुल सञ्चालनमा ल्याउने तयारीमा छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित