बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

दशैं अवधीमा लुम्बिनी प्रदेशमा ५३६ दुर्घटना, २२ जनाको मृत्यु

बुटवल । दशैंको अवधिमा मात्र लुम्बिनी प्रदेशमा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार असोज ६ गते देखि १९ गते सम्मको अवधिमा दुर्घटनामा परी लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु भएको हो । यो अवधिमा ५३६ वटा सवारी साधन दुर्घटना भएका थिए ।

दुर्घटनामा परी १४८ गम्भिर घाईते भएका छन भने ५८७ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ । प्रदेशका १२ जिल्लामा सवैभन्दा बढि मृत्यु र सवारी दुर्घटना रुपन्देहीमा भएको छ ।

रुपन्देहीमा १३५ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दिपेश बस्यालले बताए ।

मृत्यु हुनेमा पुरुष १२ जना, महिला ७ जना र बालबालिका ३ जना छन् । त्यस्तै बाँकेमा ४ जनाको मृत्यु भएको छ । बर्दियामा ३, अर्घाखाँचीमा २, कपिलबस्तुमा ३, पाल्पामा २, दाङमा १ जनाको मृत्यु भएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित