बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

दाउन्नेको अप्ठयारो उकालेमा सडक धमाधम ढलान हुँदै

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबल सडकखण्डमा पर्ने दाउन्ने क्षेत्रको सडकको दुरावस्थाले यात्रु र चालकहरुले निकै सास्ती पाए ।

नारायणगढ–बुटबलको ११३ किलोमिटर खण्डमध्ये अन्यत्र अधिकांश स्थानमा सडक कालोपत्रे भएर यात्रा सहज भए पनि दाउन्ने क्षेत्रमा पानी पर्नासाथ हिलो र पानी नपर्दा धुलोले सडक यात्रा निकै कष्टकर भयो । तर, अहिले भने दाउन्ने खण्डको यात्रा पनि सहज हुंदै गएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले दाउन्नेको १३ किलोमिटर सडकको कामलाई गति दिने र यात्रालाई सहज बनाउने काम भैरहेको बताए ।

दाउन्ने क्षेत्रको कूल १३ किलोमिटर सडकमध्ये ९ किलोमिटर पश्चिम खण्डमा ४ किलोमिटर पूर्वीखण्डमा पर्दछ । पूर्वीखण्डमा ४ किलोमिटर र पश्चिमखण्डमा ३ किलोमिटर ढलान गर्ने आयोजनाको तयारी छ ।

अहिलेसम्म पूर्वी खण्डको ४ किलोमिटरमध्ये ८ सय मिटर ढलान भइसकेको छ । ४ सय मिटर ढलानको तयारीमा छ । ८ सय मिटर लम्बाइमा ६।२५ किलोमिटर चौडाइमा करीव २ लेन ढलान भएको छ ।

अब थप १ लेन थपिने छ । दाउन्नेमा करिब १३ मिटर चौडाइको ढलान बनाउने सोच आयोजनाको छ । पश्चिम खण्डमा ३ किलोमिटर ढलान गर्ने भनिएकोमा १।३ किलोमिटर ढलान भएको छ ।

पश्चिम खण्डको ६ किलोमिटर कालोपत्रे गर्ने भनिएकोमा बर्दघाटबाट नारायणगढतर्फ ३।५ किलोमिटर कालोपत्रे भैसकेको छ । बांकी भाग कालोपत्रे गर्ने तयारी छ । पूर्वी खण्डको ४ किलोमिटरमा २२ सय मिटर मात्रै ढलान गर्ने कि पुरै ४ किलोमिटर नै ढलान गर्ने भन्ने विषय अझै टुंगो लाग्न बांकी रहेको सूचना अधिकारी खनालले जानकारी दिए ।

दाउन्नेमा पहिले ढलान गर्ने डिजाइन थिएन । तर, सडकको सबैभन्दा संवेदनशील खण्ड भएकाले ढलान गर्ने सोचमा आयोजना पुगेको हो ।
२५ प्रतिशत कममा ठेक्का हालेको चिनियां ठेकदार कम्पनीलाई कम हालेको रकम उपलब्ध गराउने गरी ढलान गरेर सडक मजबुद बनाउने विषयमा आयोजनाले पहल गरिरहेको सूचना अधिकारी खनालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित