रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

किन असफल भयो तिलौराकोटलाई विश्व सम्पदामा सुचीकृत गर्ने प्रयास ?

प्राचीन शाक्य गणराज्य तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास विफल भएको छ।

फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औँ बैठकमा गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर प्राचीन कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने नेपालको प्रयास असफल भएको हो।

युनेस्कोका मुख्य प्राविधिक सल्लाहकार इकोमसले गरेको मूल्यांकनमा पहिले नै डिफर (स्थगन) सूचीमा राख्ने प्रस्ताव गरी प्रतिवेदन बनाएका थिए। सोही प्रतिवेदनमा २१ सदस्यीय राष्ट्रयमध्ये कसैले पनि संशोधन नहालेपछि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास विफल भएको छ।

‘कुनै पनि सदस्य राष्ट्रले हाम्रो पक्षमा संशोधन प्रस्ताव हालेनन्,’ लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भने, ‘सदस्य राष्ट्रहरुले इकोमसको प्रतिवेदनलाई पूर्ण सर्मथन जनाउँदा तिलौराकोटको प्रस्ताव गएन।’

तिलौराकोटसम्बन्धी इकोमसको प्रतिवेदनलाई हुबहु पारित गरे पनि भारतको मार्था मिल्टरी ल्यान्डस्केपलाई जापानले सूचीकृतका लागि संशोधन प्रस्ताव राखेपछि अन्य सदस्य राष्ट्रहरूले समर्थन गरेर अगाडि बढाइएको छ।

नेपालको प्रस्तावमा मुख्यगरी छिमेकी देश भारत मौन मात्रै बसेन। भारत सरकारले नै युनेस्कोलाई पत्राचार गरेर कपिलवस्तुको तिलौराकोटलाई सूचीकृत प्रस्ताव नलैजान दबाब दिएको स्रोतको दाबी छ।

भारतका अधिकारीहरुले सबै सदस्य राष्ट्रहरुलाई भेटेर डिफर (स्थगन) को प्रस्तावलाई रिफर (लेजाने) पक्षमा संशोधन नहाल्न भनेको बुझिएको छ। भारतले तिलौराकोटको सट्टा उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लास्थित पिपरहवा र गनवरियालाई शाक्यहरूको राजधानी दाबी गर्दै आइरहेको छ। यसैकारण पनि भारत बाधक रहेको हुनसक्ने अनुमान कोषका अधिकारीहरूले गरेका छन्।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित