जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

प्रहरी ईन्स्पेक्टर सुनारको खुबी: कर्तव्यज्यान मुद्धाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

कपिलवस्तुमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १० वर्ष पछि पक्राउ परेका छन् ।

कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा न.१० महुवापुरबाट फरार रहेका राम प्रसाद कोरीलाई शनिबार पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुका प्रमुख तथा प्रहरी निरीक्षक विर बहादुर सुनारको कमाण्डमा खटिएको प्रहरी टोलीले २० वर्ष कैद सजाय तोकीएका कोरीलाई नियन्त्रणमा लिईएको हो ।

प्रतिवादी कोरीले वि.स २०६९ साल चैत्र १० गते कपिलवस्तुको साविक महुवा गा.वि.स वडा न.४ बस्ने वर्ष २५की मान्ती कोरीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए । हत्या गरि फरा रहेका कोरीलाई विशेष योजनाका साथ प्रहरी निरीक्षक सुनारले पक्राउ गरि कारागार पठाएको उल्लेख छ ।

प्रहरी निरीक्षक सुनार ईलाका प्रहरी कार्यालय गोरुसिंगको कार्यालय प्रमुखमा आए संगै आपराधिक गतिविधीलाई नियन्त्रणमा लिई कानुनी कठघारामा उभ्याउन तल्लिन भएको देखिन्छन् ।

समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गरि सुभ्य समाज निर्माणमा गोरुसिंगे प्रहरी लागेको देख्न सकिन्छ । असल काम गर्दै अघि बढेकाले प्रहरी निरीक्षक सुनार जिल्लाका एसपीको नजरमा स्यावासको पात्र बनेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित