मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

गुफा सहकारीको चौथो अधिवेसन सम्पन्न, अध्यक्षमा पौडेल

बुटवल । गुफा कृषि सहकारी संस्था लिमिटेड को दशौ साधारण सभा तथा चौथो अधिवेसन वुटवल स्थित एसियन पाटि प्यालेसमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कुन्जरमणी घिमिरेको अध्यक्षता तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथी मन्त्री पन्थीले सहकारीले गरेको कार्य प्रसंसनिय रहेको बताए ।
कार्यक्रममा पुर्व अध्यक्ष टेकराज पन्थीले सहकारिमा आउन छुटेकाहरु हरु पनि सहकारिमा गोलवद्द हुन आव्हान गरे । त्यस्तै संस्थापक अध्यक्ष महेन्द्र गिरीले सहकारीलाई व्यवस्थित तरिकाले अगाडि वढाउनु पर्ने र आएका ऐन नियम अनुसार संस्थालाई अगाडि वढाउनुपर्ने बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार भिमकान्त पन्थी, रामप्रसाद पौडेल, विष्णु गौतम घिमिरे, गुनाराम घिमिरे लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संस्थाका उपाध्यक्ष कलाधर पन्थीको स्वागत तथा सचिव विमल घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच अधिबेशनले चन्द्रकान्त पौडेलको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ ।
जसको उपाध्यक्षमा तारा गौतम, सचिवमा गोकर्णराज गिरी, कोषाध्यक्षमा महेन्द्र घिमिरे रहेका छन् ।

यसैगरी सदस्यहरुमा मधु घिमिरे, दिपक पौडेल (डोरराज), अनिल पन्थी, अमृत घिमिरे र हरि पराजुली रहेका छन् ।

त्यस्तै अधिबेशनले लेखा समितिको संयोजकमा जुना पराजुलीलाई चयन गरेको छ । जसको सदस्यमा लक्ष्मी खनाल भट्टराई र हरी पराजुली रहेका छन् ।

नवनिर्वाचित समितिलाई निर्वाचन समितिका सदस्य कृष्ण पन्थी र चिरन्जिवि देवकोटाले टिका र खादा सहित शुभकामना दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित