भारतीय युवकको प्रेम प्रस्ताव अस्वीकार गर्दा युवती माथि गोली प्रहार वर्षाले पाल्पाका किसानलाई राहत आज बुटवलमा जितगढी विजय उत्सव मनाइँदै, किन मनाइन्छ विजय उत्सव ? बुटवलको ट्राफिक व्यवस्थापन: लोड,अनलोडलाई सहज बनाउन आग्रह बुटवलमा एक युवतीमाथि गोली प्रहार कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन् आज यी ३ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना स्वास्थ्यकर्मीले ६ महिनासम्म पाएनन् तलब, अस्पताल भन्छ- बजेट छैन यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्न ब्यबसायी आईचर मजिस्टेक वाई बस भित्राए गुल्मी महोत्सवको तयारी पूरा, उद्घाटनमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुने                
समाचार :

आज गाईजात्रा, उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक बिदा

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मंगलबार देशभर आरम्भ गरिँदैछ।

वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ।

गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा र पोखरालगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेका शहरमा धुमधामका साथ मनाइन्छ।

यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन्। गाईजात्राका लागि आज उपत्यकासहित बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिइएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित