राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई १३ दिन पछि हैदराबादी बिरयानी पुनः सञ्चालनमा बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै गुफा सहकारीको चौथो अधिवेसन सम्पन्न, अध्यक्षमा पौडेल नयाँ नोट बिनाको यस वर्षको दशैं, असोज १३ देखि सुकिला मात्रै साट्न पाइने बुटवलमा एक दिने हेयर केयर वर्कसप सम्पन्न संविधान दिवसको अवसरमा भनभने–गुल्मी सम्पर्क समाजको रक्तदान सिद्धबाबा सुरुङमार्ग ५४५ मिटर खनियो, मुख्य सुरुङ आउंदो मंसीर सम्म छेड्ने लक्ष्य झरना कप- साविक विजेता भूपू सैनिक बाहिरियो संविधानको मर्मअनुसार प्रभावकारी भूमिका निभाइरहेका छौं : मुख्यमन्त्री आचार्य                
समाचार :

आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको कति ?

नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो ।

जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटेको छ ।

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ रहेकामा रु एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ६९ रहेकामा रु एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ७० रहेकामा रु एक सय ६५ कायम गरिएको छ ।

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि रु एक सय ५५ रहेकामा रु एक सय ५२ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि रु एक सय ५७ रहेकामा रु एक सय ५४ र तेस्रो वर्गका लागि रु एक सय ५८ रहेकामा रु एक सय ५५ कायम गरिएको निगमले जनाएको छ ।

पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित