जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

रोहिणीले ल्यायो ५८ करोड ७९ लाखको बजेट

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५८ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । बुधबार १५ औं गाउँसभामा उपाध्यक्ष शिवकान्ती हरिजनले वार्षिक बजेट, योजना तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ रु. २ करोड ६१ लाख १४ हजार, संघीय सरकारबाट प्राप्त रु. ४८ करोड ६५ लाख, प्रदेश सरकारबाट प्राप्त रु. ३ करोड ११ लाख १४ हजार, बैंक मौज्दात रु. ३ करोड ७० लाख, जिल्ला समन्वय समितिबाट रु. ७२ लाख अनुमान गरिएको छ ।

आर्थिक, सामाजिक, पूर्वाधार विकास र संस्थागत सुशासनमार्फत गरीबी निवारण गरी समृद्ध रोहिणी निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढ्ने उपाध्यक्ष हरिजनले बताइन् ।

यस्तो छ नीति कार्यक्रम

गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, पूर्वाधार विकास, महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत लक्षित समुदाय, वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिदै आ.व. २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।

धकधईमा १५ शैयाको आधारभूत अस्पताल निर्माणको कार्य यसै वर्षबाट सुरु हुने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । त्यस्तै बुद्धकालीन रोहिणी सभ्यताको उत्थान, विकास, संरक्षण र प्रवद्र्धनका लागि प्रचारप्रसार, अभिमुखीकरण र अन्तरिक्रयाका लागि आवश्यक पहल गरिने उनले बताए ।

कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने उनले बताए । त्यस्तै शैक्षिक क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन तथ जनशक्ति व्यवस्थापन गर्न गाउँपालिकाको शिक्षा नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइने उनको भनाइ छ । त्यसै गरी हाम्रो रोहिणी सुन्दर र सफा रोहिणी भन्ने नाराका साथ सरसफाईलाई सभ्यता र स्वास्थ्यको दृष्टिकोणबाट हेर्न जनमानसलाई सचेत गराइने अध्यक्ष यादवले बताए ।

१५ औं गाउँसभाको उद्घाटन गर्दै प्रमुख अतिथि रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले रोहिणीको विकासका लागि सामूहिक प्रयत्न र पहल अवश्यक रहेको बताए । उनले विकासका लागि स्थानीय जनताको योगदान आवश्यक रहेकोमा जोड दिए ।

रोहिणी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको स्वागत तथा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा रोहिणी-२ का वडाअध्यक्ष करम हुसेन खाँ, वडा सदस्य मोहम्मद अमिन खाँ लगायतले बोलेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थी, विद्यालय, पूर्वशिक्षक, पत्रकार, कर्मचारीलगायतलाई सम्मान गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित