बाँकेमा बसको ठक्करबाट एक महिलाको मृत्यु, घटनास्थलमा तनाव सिद्धार्थ राजमार्गअन्तर्गत दोभान क्षेत्रको कालोपत्र गुणस्तर नपुगेको भन्दै उप्काउन थालियो लुम्बिनीका ‘धनी सांसद’मा नैतिकताको खडेरी (ईन्फोग्राफिक्स सहित) तिलोत्तमा–५ मा का सडक वत्ती जडान गर्दा भेटियो ‘अनियमितता’ लियो सिद्धबाबाको रक्तदानमा ४५ यूनिट संकलन तिलोत्तमाबाट देखिएको खुलेको आकाश (फोटो फिचर) धेरै भूभागमा पानी पर्दै, अबको ३ दिन कता-कता छ भारी वर्षाको सम्भावना? बुटवल बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा सभामुख न मन्त्री, ओलीले किन काटे छविलाल विश्वकर्माको नाम ? रुपन्देहीमा एक हप्तामा ३१ हजार सवारी चालकलाई लेन अनुशासन शिक्षा                
समाचार :

जानकीनगरमा बसकाे ठक्करबाट घाइते आमा छाेरा दुवैको ज्यान गयो

रुपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं २ जानकीनगर बसकाे ठक्करबाट घाइते आमा छाेराकाे निधन भएकाे छ।

यही असार २१ गते शुक्रबार तिलोत्तमाको जानकीनगरमा बसको ठक्करबाट आमा रुपा खत्री र छाेरा प्रिन्स खत्री गम्भीर घाइते भएका थिए। उनीहरुको छोरा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

तिलोत्तमा नगरपालिका वडा न.३ जानकीनगर स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा बाटो पार गर्दै गरेका उनीहरुलाई लु २ ख ६८८८ नं को बसले ठक्कर दिएकाे थियो।

मृत्यु हुनेमा जिल्ला गुल्मी दरबार गा.पा ६ घर भई हाल तिलोत्तमा–२ शंकनगर स्थित डेरा गरी बस्ने अन्दाजी ३० बर्षीय रुपा खत्री र मृतकका ३ बर्षीय छोरा प्रिन्स खत्री रहेका छन।

आमा रुपा खत्रीको बुटवलकाे चाैराह अस्पताल र प्रिन्स खत्रीको काठमाण्डौंस्थित मेडिसिटी अस्पतालमा उपचार भैरहेको थियो। उपचारका क्रममा दुवै जनाकाे मंगलबार निधन भएको प्रहरीले जनाएको छ।

गम्भीर घाईते मृतकका छोरा ३ बर्षीय प्रिन्स खत्रीको चौराह अस्पताल बुटवलमा उपचार भैरहेकोमा त्यहाँ उपचार हुन नसकि थप उपचारका लागी अहिले काठमाण्डौं रिफर गरिएकोमा उपचार कै क्रममा निधन भएको हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार