
टवल । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस रुपन्देहीको तिलोत्तमामा दुर्घटना भएको छ । बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो बस तिलोत्तमा २ शंकरनगरमा आफै अनियन्त्रीत भई सडकमा पल्टिएको हो ।
दुर्घटनामा ८ जना घाइते भएको ड्राइभरटोल प्रहरी चौकीले जानकारी दिएको छ । बसमा सवार ८ जना घाइते मध्य सहचालकको अवस्था मध्यम रहेको र अन्य सामान्य घाइते भएको बताइएको छ ।