कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार

बुटवल । लुम्बिनी केबलकार सञ्चालनमा आएको साढे ३ महिनामा ७४ हजार ५० जना पर्यटकले केबलकार चढेका छन् । जसमा ४ हजार ५५ जना भारतीय र १९ जना तेस्रो मुलुकका रहेको कम्पनीका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए ।

जीपलाइन संगै स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान पनि तयार भएपछि बसन्तपुर स्वदेशी र विदेशी पर्यटकको आकर्षण र रोजाईको गन्तब्य बन्ने कम्पनीको विश्वास छ ।

समुद्री सतहबाट १२ सय मिटर उचाईमा रहेको बसन्तपुरमा गर्मी मौसममा तराईमा भन्दा झण्डै १० डिग्री सेल्सियस तापक्रम कम हुने हुंदा शीतल हुने हिउंदमा तराईमा हुस्सु र जाडो हुंदा घाम लागेर न्यानो हुने भएकाले बसन्तपुर पर्यटक मात्र नभई सर्वसाधारणको पनि घुम्न जाने रोजाईको थलोमा पर्ने छ ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकाल नेतृत्वको आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको केबलकारको टप स्टेशनमा बनेको कामाख्यादेवी मन्दिर र सय वर्ष पुरानो दुर्गा मन्दिर पनि धार्मिक हिसाबले केबलकारको विशिष्ट आकर्षण बनेका छन् ।

कामाख्या मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य संख्यामा दर्शनार्थीहरु आउने गरेका कम्पनीले जनाएको छ । कामाख्या देवीको दर्शनले मनोकामना पुरा हुने र जीवनमा आइपर्ने संकटबाट मुक्ति पाइने भएकाले दर्शन गर्न आएको ब्यासाचार्य पण्डित नारायणप्रसाद पोखरेलले बताए ।

टप सटेनशमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पांच तारे होटेल बनाउने योजना छ ।

केबलकारले प्रत्येक टिकट मुल्यको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिंदै आएको छ । २.६ किलोमिटर दुरीको लुम्बिनी प्रदेशकै पहिलो केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो ।

केबलकारले अधिकांश स्थानीय सहित हाल करिब सय जनालाई रोजगारी दिएको छ भने पांचतारे होटेल सञ्चालनमा आउंदा पांच सय बढीले रोजगारी पाउनेछन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार