कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

पेट, आन्द्रा, कलेजो र प्यांकियाज रोग सम्बन्धी अभिुखकिरण सम्पन्न

नेपाल स्वाथ्य प्राविधिक संघ रुपन्देहीको आयोजान तथा नेशनल मल्टीस्पेसियलिटी क्लिनीक बुटवल भुड्की चौक श्रवणपथको मुख्य प्रायोजनमा बुटवलमा स्वाथ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

शनिवार बुटवलमा पेट, आन्द्रा, कलेजो र प्यांकियाज रोग सम्बन्धी अभिुखकिरण गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल स्वाथ्य प्राविधिक संघका केन्द्रीय सचिव अमृत भुषाल ले रोग लागेर उपचार गर्नु भन्दा पनि रोग लाग्न नै नदिनु उत्तम उपाय भएको बताए ।

उनले स्वाथ्य प्राविधिकहरुको साझा संस्थाको रुपमा रहेको नेपाल स्वाथ्य प्राविधिक संघमा आवद्ध हुनको लागि सबै प्राविधिहरुलाई आग्रह गर्दै स्वाथ्य क्षेत्रमा यसले महत्पूर्ण भूमिका खेल्ने बताएका थिए ।

कार्यक्रममा बरिष्ठ पेट, आन्द्रा कलेजो तथा प्यान्क्रियाज रोग विशेष डा. अरुण ज्ञवालीले अभिमुखकिरण प्रदान गरेका थिए ।

उनले पछिल्लो समयमा मानिसको खानपान, जीवन शैली, औषधी सेवन लगायतको कारणले विभिन्न प्रकृतिका रोग लाग्ने गरेको भन्दै यसलाई न्यूनीकरणको लागि जीवनशैलीमा परिर्वतन ल्याउनुपर्नेमा जोड दिएका थिए । समयमा नै रोगको पहिचान गरेरमा उपचारको लागि समेत सहज हुने भन्दै उनले रोग लुकाएर बस्न नुहने बताएका थिए ।

कार्यक्रममा नेपाल स्वथ्य प्राविधिक संघ रुपन्देहीका पुर्व अध्यक्ष टिकाराम शर्मा, नेपाल राष्ट्रिय स्वास्थकर्मि महासंघ केन्द्रीय सचिव खगराज पोखरेल, नेपाल स्वास्थ प्राविधिक संघका केन्द्रीय निर्वतनमा महासचिव भाष्करराज आत्रेय, जिल्ला अध्यक्ष ईश्वरी पौडेल, उपाध्यक्ष सिद्धार्थ आचार्य, सचिव सन्तोष पर्टेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

बुटवल भुड्की चौक श्रवण पथमा रहेको नेशनल मल्टीस्पेसियलिटी क्लिीनले उक्त कार्यक्रमको मुख्य प्रयोजन गरेको सञ्चालक लक्ष्मण घिमिरेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार