कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

एमाले स्वास्थ्य तथा जनसंख्या विभागको रोहिणीमा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शनिबार जिल्लाको रोहणीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

आधारभूत स्वास्थ्यको पहुँचबाट टाढा रहेका नागरिकले स्वाथ्य सेवा दिने उद्देश्यले विभागले देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट भलूहीको प्राविधिक सहयोगमा ‘हेल्थ क्याम्प’ गरेको हो ।

रूपन्देहीको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने श्रीराम नरेश यादव आदर्श मावि स्वामीनगर रोहिणी वडा नम्बर ३ मा आयोजित शिविरको एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जेष्ठ नागरिकलाई औषधि दिएर उद्घाटन गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष केसीले एमाले हरेक नागरिकको सुख दुःखको साथी भएको बताउँदै जनता समस्या बढी भएको ठाउँमा काम गर्ने बताए ।

सो अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका प्रमुख सुनील श्रेष्ठले आम नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा दिन शिविर गरिएको बताए । आगामी दिनहरू पनि जिल्लामा विभिन्न क्षेत्रमा यस्ता शिविरहरू गर्ने योजना रहेको श्रेष्ठको भनाइ छ । सो अवसरमा ५०० जनाले निःशुल्क सेवा लिएका छन् ।

शिविरमा फिजिसियन, अर्थो, गाइनो र साइकीहाइट्रिक रोगको विषशज्ञहरूले चेकजाँच गरी ३ लाख रूपैयाँ बराबरको निःशुल्क विरामीलाई औषधि पनि वितरण गरिएको थियो ।

कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सञ्जय गुप्ता, वडा नम्बर ३ को वडा अध्यक्ष वीर बहादुर क्षेत्री, राप्रपा नेता ताहिर अली, एमाले गाउँपालिका अध्यक्ष सुनील कौषल लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन  स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका सचिव केदार नेपालले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार