कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

तस्वीरमा हेर्नुहोसः एमाले लुम्बिनी अधिबेशनमा भित्र मतदान, बाहिर प्रचार

नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्वको चयनका लागि मतदान सुरु भएको छ । शुक्रबारबाट बुटवलमा जारी प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनबाट छनोट हुन थालेको हो ।

सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका भएपनि अध्यक्ष पदका आकांक्षी पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजालबीच सहमति जुट्न नसकेपछि अधिवेशन निर्वाचन प्रक्रियामा गएको हो । दुई दिनका लागि आयोजना भएको अधिवेशन सहमतिको प्रयासकै नाममा थप दुई दिन लम्बिएको छ ।

गुटको अन्त्य भएको घोषणा गरेको एमालेको प्रदेश अधिवेशनमा दुई समूहमा विभाजित भएर अध्यक्ष पदका उम्मेदवारले प्यानसहित प्रचारप्रसार सुरु गरेका छन् । सचिव पदमा बाहेक अन्य सबै पदाधिकारी पदमा दुवै पक्ष प्यानलसहित उम्मेदवार लिएर प्रचारमा हिँडेका छन् । सचिव पदमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले अहिले बिहान ८ बजेबाट मतदान सुरु गराएको हो । सोमबार राति १० बजेबाट मतदानको तयारी गरेको भएपनि प्रशासनको आग्रहमा मंगलबारलाई सारिएको थियो ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले सचिव पदमा बाहेक अन्य सबै पदमा मतदान सुरु भएको बताए । उनले मंगलबार नै मतगणना गरेर परिणाम सार्वजनिक गर्ने गरी काम भइरहेको बताए ।

अध्यक्षमा कँडेल र रिजालसहित उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल (अनुप), बाँकेका पूजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली छन् । उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारु (चौधरी) छन् । त्यस्तै, उपसचिव महिला तर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला राना मगर छन् ।

उम्मेदवारी दिएकामध्ये कँडेल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र उपसचिव पुरुषमा दुर्गाबहादुर चौधरी र महिलामा लिला राना मगर रहेका छन् । त्यस्तै, रिजाल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका विश्वराज बराल, उपसचिव पुरुषतर्फ रोल्पाका पूर्ण बुढामगर र महिलातर्फ बाँकेकी बसन्ती अधिकारी छन् । सचिव दुवै प्यानलको समर्थनमा निर्विरोध भएका हुन् ।

पदाधिकारमा ५ पदका लागि १३ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा प्यानल बाहिरबाट बाँकेका पूजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेवारी दिएका छन् । त्यस्तै, उपसचिव पुरुषमा रुकुम पूर्वका उपेन्द्रलाल कामी र महिला उपसचिवमा बाँकेकी आरती पौडेलले प्यानल बाहिरबाट उम्मेवारी दिएका छन् । २ सय जना सदस्यका लागि ३ सय ५ जना चुनावी प्रतिस्पर्धामा छन् । अधिवेशनका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहबाट १ हजार ४ जना प्रतिनिधि छनोट भएर आएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार