कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

बुटवलमा प्रथम श्रीकृष्ण जन्मष्टमी टेबलटेनिस प्रतियोगिता

बुटवल । बुटवल टेवलटेनिस क्लबको आयोजनामा प्रथम कृष्ण जन्मष्टमी जिल्ला स्तरीय स्कुल तथा खुल्ला टेवल टेनिस प्रतियोगिता हुने भएको छ । क्बलको आयोजनामा बुटवल–११ ओलीपथ स्थित कभर्डहलमा यही भदौं १९ र २० गते प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता बारे जानकारी गराउँदै क्लबका अध्यक्ष धिरेन्द्र तुलाधरले खुल्ला तथा विद्यालयका गरी ३ सय बढी प्रतियोगितले प्रतिस्पर्धा गर्ने जानकारी गराए । विभिन्न ११ विधामा हुने प्रतियोगितामा डबल्स तथा सिंगल्स प्रतिस्पर्धाहरु हुने छन् । प्रथियोगितामा खुलातर्फ विजेताले नगद ५ हजार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उविजेता र तृतीय हुनेले क्रमशः ३ हजार र २ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नविन शाक्यले जानकारी दिए । विद्यालय स्तरका प्रतिस्पर्धाहरुमा पनि विजेता तथा उप विजेताहरुलाई अकर्षक पुरस्कारको व्यवस्था गरिएको उल्लेख गरे । यसैगरी विजेताहरुले लुम्बिनी केवलकारको फ्रि टिकटबाट बसन्तपुर यात्रा गर्न पाउने उल्लेख गरे ।

सीमित श्रोतसाधनका बीच विगतका वर्षहरुदेखि नै प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले यो वर्ष केही ढिला गरी आयोजना गरिएको अध्यक्ष तुलाधरले बताए । रुपन्देहीमा २ दर्जन बढी राष्ट्रिय स्तरका टेबलटेनिस खेलाडी रहेका छन् भने विभागीय टिममा सहभागी भई अन्तर्राष्ट्रिय प्रतियोगिताहरमा सहभागी भएका खेलाडीहरु पनि रहेका छन् । तर सरकारको बेवास्ताका कारण खेल सञ्चालनका लागि संरचना नहुँदा समस्या भएको अध्यक्ष तुलाधरले बताए । विगतका वर्षहरुमा विनियोजन हुँदै आएको सीमित बजेट समेत बुटवल उपमहानगरले यस पटकका वार्षिक बजेटमा काटौती गरेको उनले गुनासो गरे । ‘न संरचना छ, न बजेट छ, सम्भावना हुँदाहुँदै पनि सरकारले हामीलाई चासो दिएन ।’–गुनासो गर्दै अध्यक्ष तुलाधरले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार