संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल                
समाचार :

पाल्पाको दुर्घटनामा मृत्यु भएकाको शोकमा पाणिनिमा आज बिदा

पाल्पामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा अर्घाखाँचीको पाणिनि गाउँपालिकाले शोक बिदा दिने भएको छ ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची पाणिनितर्फ आउँदै गरेको जिप आइतबार पाल्पामा दुर्घटनामा परी पाणिनिका ५ जनाको मृत्यु भएको थियो ।

उनीहरूको शोकमा गाउँपालिकाले मंगलबार पालिकाभर बिदा दिने भएको हो । लु १ च ९०२४ नम्बरको जिप दुर्घटना हुँदा मुत्यु हुने पाँचै जना पाणिनिका हुन् ।

दुर्घटनामा १० जना घाइते भएका थिए । उक्त घटनाले गाउँपालिका स्तब्ध र मर्माहत भएको भन्दै एक दिन बिदाको घोषणा गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जारी गरेको शोक बिदा सम्बन्धी सूचनामा मंगलबार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालय एवं शिक्षण संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको उल्लेख गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार