

नेपाल भारतबीचको आयात निर्यातलाई सहज बनाउन नेपाल भारत सीमानाका बेलहियामा निर्माण गर्ने भनिएको एकीकृत भन्सार जाँचचौकी (आइसिपी) को शिलान्यास गरिएको छ।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार संयुक्त रूपमा स्वीच थिचेर आइसिपीको शिलान्यास गरेका हुन्।
आइसिपी निर्माणका लागि सन् २००५ मा नेपाल र भारतका बीचमा सहमति भएको थियो।