बुटवलको बागेश्वरीले मनायो रजत जयन्ती (तस्वीरहरु) बुटवल सहित देशका विभिन्न स्थानमा ठूलो हावाहुरी कालिकानगरमा वलीले सञ्चालनमा ल्याए एसआर स्पोर्टर्स ट्रेडस बुटवलमा अंग्रेज हराएको खुशीयालीमा मनाइयो विजय उत्सव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने बुटवलमा सैनिक फिल्ड अस्पतालको समुद्‍घाटन आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै                
समाचार :

मुक्तिनाथ दर्शनको यात्रा

क्तिनाथ पदयात्रा पर्यटक र मनोरञ्जन पर्यटकको प्रमुख गन्तव्य तथा हिन्दू र बौद्ध धर्मावलम्बीको प्रमुख तीर्थस्थल हो । पोखराबाट बेनीसम्म जुनसुकै सवारी साधनमा पनि सहजै यात्रा गर्न सकिन्छ ।
करिब ९० किमिको उक्त दूरी पार गर्न झन्डै साढे ३ घण्टा लाग्छ । बेनीबाट मुक्तिनाथसम्म मध्यम लम्बाइका बस वा फोर ह्विलर जिपमा यात्रा गर्न बढी सहज हुन्छ ।
तथापि टु ह्विलर कारमा पनि थोरै गाह्रोसाह्रो गरी यात्रा पूरा गर्न सकिन्छ । बेनीबाट मुक्तिनाथसम्म करिब १ सय किमिको दूरी पार गर्न भने करिब ६ घण्टा लाग्दछ ।
मुक्तिनाथ जाने क्रममा दुलेगौंडा, पोखरा, कुश्मा, बाग्लुङ र बेनी घुम्नुपर्ने ठाउँ हुन् ।
पोखराबाट चार दिनको यात्रा तय गर्दा सबै स्थान सहज ढंगले घुम्न सकिन्छ ।
पोखराभन्दा २८ किमि वर तनहुँको दुलेगौडाबाट ५ किमि बायाँतर्फ ढोरबाराही मन्दिर छ । यो शीतल र हरियाली डाँडामा अवस्थित मनोरम दृश्यले घेरिएको देवीको मन्दिर हो ।
स्वच्छ पानीको मूल र ठूला माछाको क्रीडा पनि यहाँको आषर्कण हो ।
पोखराभित्र प्रवेश गरेपछि घुम्नुपर्ने स्थान प्याराग्लाइडिङ उडाइने तथा सधैं शीतल हावाको अनुभव गरिने सराङकोट, फेवाताल, गुप्तेश्वर गुफा र पातले छाँगो हुन् । नेपालको सबैभन्दा बढी पानी पर्ने स्थान लुम्ले पोखराबाट कुश्मा जाँदा सडकमै पर्छ ।

पोखराबाट ६० किमिको दूरीमा रहेको कुश्मा बजार करिब अढाई घण्टामा पुग्न सकिन्छ । कुश्मा बजारबाट गाउँहरू जाने चारवटा सस्पेन्सन ब्रिज रहेका छन् । मोदी खोलामा ज्ञादी र मुडिकुवा जोड्ने २ वटा तथा कालीगण्डकीमा कैया र कुर्घा जोड्ने २ वटा झोलुंगे पुल बनाइएको छ । ३ सय मिटरभन्दा लामा र १ सय ५० मिटरभन्दा उचाइका यी झोलुंगे पुल पर्यटकीय स्थल बनेका छन् ।
कालीगण्डकीमा बञ्जिजम्पिङका लागि अर्को अझ अग्लो पुल अहिले निर्माण सम्पन्नको चरणमा रहेको छ ।

ज्ञादी पुलबाट १५ मिनेटमा अलपेश्वर महादेव गुफा पुग्न सकिन्छ । गुफा करिब १ किमि लामो छ । गुफाभित्र पानीका पोखरीहरू रहेका छन् । त्यस्तै, कुश्मामा अर्को महŒवपूर्ण गुप्तेश्वर महादेव गुफा रहेको छ । यो गुफाको अन्तिम बिन्दु पत्ता नलागेको बताइन्छ । कुश्मा आसपासका सबै गुफामा प्राकृतिक रूपले नै बनेका जस्ता देखिने देवी देवता र पशुपन्छीका आकृति रहेका छन् । गुफाका भित्ता एकदमै चमकदार र स्वच्छ देखिन्छन् । यहाँका गुफाको अनुभवपछि अन्यत्रका गुफा फिक्का लाग्छन् ।

पोखराबाट आउने क्रममा सडकलाई पछ्याएको मोदी खोला कुश्मा आएर कालीगण्डकीमा मिसिन्छ । कुश्माबाट कागबेनीसम्म कालीगण्डकीले यात्रीको साथ छोड्दैन । कुश्माबाट २८ किमि अर्थात् ढेड घन्टाको दूरीमा बेनी रहेको छ । यसको ठीक बीचमा कालीगण्डकी पारि पश्चिमतर्फ बाग्लुङ कालिका भगवती मन्दिर रहेको छ । पश्चितर्फ मूल प्रवेशद्वार छ भने पूर्वत
र्फ कालीगण्डकीको तीरबाट उकालो गोरेटो सिंढी निर्माण गरिएको छ । करिब १५ मिनेट हिंडेर भगवती मन्दिर पुगिन्छ ।

जंगलको बीचमा रहेको भगवती मन्दिरमा रंगरोगन, सरसफाइ, पदयात्रा मार्ग, जाली बार, शौचालय, पिउनेपानीजस्ता सुविधा नेपालको अन्य हिन्दु तीर्थस्थलको तुलनामा व्यवस्थित रहेको पाइन्छ । बालबालिकाको रमाइलोका लागि सानो चिडियाघर राखिएको छ । भेटी चढाइने सबै सम्भावित स्थानमा दान पेटिकाको व्यवस्था र भिक्षा माग्नेका लागि स्थान छुट्ट्याइएको छ ।
भुइँमा नियमित कुचो लगाएर सफा गरिन्छ । यहाँ पुछुवा वा भ्याकुम क्लिनरले नियमित सफा गर्नेे हो भने सुनमा सुगन्ध हुनेछ ।

बेनी बसपार्कबाट ३ किमिको दूरीमा गलेश्वर महादेवको मन्दिर छ । नौ रोपनी क्षेत्रफल रहेको एउटै चट्टानमा शिवालय, मन्दिर र १ सय ८ शिवलिंग स्थापना गरिएको छ । कालीगण्डकीको पश्चिमतिरमा अवस्थित यो मन्दिर आफैंमा अति सुन्दर र रमणीय छ । चेप्टो तर पूरै सम्म नभएको यो चट्टानमा विभिन्न देवीदेवताको आकृति देखिने बताइन्छ । कालीगण्डकीमा स्नान गरेर यहाँ पितृ श्राद्ध पनि गरिन्छ । सिंगो चट्टानमै एक कुण्ड समेत रहेको छ ।

गलेश्वरबाट मुस्ताङतर्फ लागेपछि २७ किमिको दूरीमा अत्यन्तै सुन्दर रुप्से झरना पुगिन्छ । सडकको बायाँतर्फ रुप्से झरना छ भने त्यसको दायाँतर्फ पैदलयात्रा गरेर अन्ध गल्छी जान सकिन्छ । कालीगण्डकीले निर्माण गरेको यो सबैभन्दा गहिरो गल्छी हो । केही समयको यात्रापछि तातोपानी कुण्ड पुगिन्छ । बीरे नुन (सिदे नुन) सहितको तातोपानीमा स्नान गर्दा शरीर चंगा हुन्छ । रोगव्याधिबाट मुक्त भइन्छ भन्ने विश्वासमा यो पानीमा नियमित स्नान गरेको पनि पाइन्छ ।

म्याग्दी जिल्लामै उक्त सडकमा दुई स्थान डरलाग्दा तर आकर्षक देखिन्छन् । कडा चट्टानलाई खोपेर सडक निर्माण गरिएको छ अर्थात् चट्टानलाई छानो मानेर सडक यात्रा गरिन्छ । घाँसा भन्ने स्थानमा साँच्चै हरियाली घाँसैघाँस देखिन्छ तथापि घाँसा नामकरण घाँसको आधारमा नराखिएको हुन सक्छ । पोखरे बगर र लेतेमा पनि होटल रिसोर्टहरू रहेका छन् । मार्फाको स्याउ फारम यही सडकमा पर्छ ।
बेनीबाट माथि उक्लेपछि हिमालले यात्रीलाई नियाल्ने क्रम सुरु हुन्छ । जति माथि उक्लँदै गयो, यसको मात्रा उति बढ्दै जान्छ । मुस्ताङको सदरमुकाम जोमसोम पुगेपछि वरिपरिबाट हिमालले छेकेको अनुभव हुन्छ । दायाँबायाँको हरियाली पातलो हुँदै जोमसोम नजिक पुग्दा बगर र नांगा पहाड देखा पर्छन् । काला र मैला रंगका चट्टान र माटोलाई हावाले बढारेर चिल्लो र सफा बनाइदिएको छ । यसैको कारण नदी पनि धमिलो छ । यहाँका अधिकांश घरमा माटोको छाना राखेको पाइन्छ ।

माटो र चट्टानमाथि बुट्यानको खोजीमा हिंडेका चौरी र च्याङग्रा हेर्दै कागवेनी पुगिन्छ । जोमसोङदेखि २४ किमिको दूरीमा रहेको मुक्तिनाथको बीचमा कागबेनी बजार रहेको छ । यहाँ कालीगण्डकीमा स्नान गरी पितृ श्राद्ध गरिन्छ । यहाँ श्राद्ध स्थलको सरसफाइ र बजारका सडकको सरफाइमा पनि पर्याप्त ध्यान नपुगेको अनुभव गर्न सकिन्छ ।
कागबेनीबाट उकालो पिच गरेको सुन्दर बाटो हुँदै मुक्तिनाथ पुगिन्छ । यस क्षेत्रमा फाट्टफुट्टबाहेक हरियालीको अनुभव गर्न पाइँदैन, तर वरिपरि सेता र सफा हिमालको दृश्यले सम्पूर्ण रूपले सुन्दरता प्रदान गर्छ । मुक्तिनाथको सवारी पार्किङबाट करिब १ किमिको पैदलयात्रापछि मन्दिर पुगिन्छ । त्यहाँ विष्णुको मन्दिर रहेको छ । हिउँ पग्लेर आएको पानीलाई १ सय ८ गौमुखी धारामा विभाजन गरिएको छ । नजिकै भगवान् बुद्धको ठूलो मूर्ति पनि रहेको छ ।

घोडा हिंड्ने बाटो, निजी सवारी साधन गुड्ने बाटो र यात्री हिंड्ने बाटो एउटै छ । त्यस्तै, मन्दिरको २ सय मिटर नजिकसम्म होटल र पसलकबल सञ्चालन गर्न दिइएको छ । स्थानीयका सवारी साधन त्यहाँसम्म पुग्दछन् । त्यस्तै, घोडा र मोटरसाइकलमा जानेहरू १ सय मिटर नजिक पुग्न सक्छन् । यसले गर्दा सडक फोहोर हुनुको साथै भीडभाड बढ्न गएको छ । कागबेनीबाट ४२ किमि पार गरेर लोमाङथाङ पुग्न सकिन्छ । यहाँ प्राचीन आकर्षक र सुन्दर गुफा रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार