तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

८ अर्ब लागतमा बन्ने भयो तिलोत्तमामा ट्राम रेल

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्राम रेल सञ्चालन हुने भएको छ । तीन वर्षअघि तिलोत्तमामा नगरपालिकाले लगानी सम्मेलनमा गरेको प्रतिबद्धताअनुसार अगाडि बढेको ट्राम रेल संचालन योजनाको नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिलान्यास गरे ।

सरकार र नागरिकको संचालनमा चलेको रेल्वे सेवा देशकै नमूना हुने नगरप्रमुख खाणले बताए । रेल्वेमा ५ सय ५० जना संस्थापक सदस्य रहेका छन् ।

कुल ८ अर्ब लागतमा नगरभित्र ५० किलोमिटरको दूरीमा रेल सेवा सञ्चालन हुनेछ । जसमा लुम्बिनी प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र नागरिकबाट ४९ प्रतिशत लगानी जुटाइने छ ।

तिलोत्तमा चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन गरिनेछ । १४ फिट ट्राम रेलको चौडाइले ओगट्ने छ। त्यसमा ५ फिटको ट्रयाक हुनेछ । १० फिट डिब्बाको चौडाइ हुनेछ भने त्यसमा दायाँ बायाँ दुई/तीन फिट छोडिनेछ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए ।

लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डीपीआर बनाएको कम्पनीले एक वर्षभित्र ४ किलोमिटरको तयारी पूरा गरेर रेल सञ्चालन लक्ष्य लिएको छ । प्रबन्ध सञ्चालक शर्माले ट्राम रेल वातावरण मैत्री हुने र पर्यटकिय विकासमा सघाउने बताए ।

यो विद्युतबाट चल्ने लाइट रेल्वे हो । एउटा रेलमा ५ वटा डिब्बा हुने छन् । शर्माले भने ‘यो सिटी रेल हो, मेट्रो जस्तै स्टाण्डर गेजको हुन्छ । मनोरञ्जन दिने पर्यटकीय रेल भएकाले गती केही कम हुनेछ।’

ट्राम रेल १२ वटा ट्राममध्ये ६ वटा पश्चिमबाट टाइगर प्यालेस हुँदै रिङरोड र ६ वटा पूर्वमा योगीकुटी रोहिणी जलासयतर्फ चल्ने छन् । पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाइवेलाई जोड्ने गरी स्तर वृद्धि र विकास गर्ने शर्माले बताए ।

ट्राममा एक पटकमा २ हजार ५ सय जना चढ्न मिल्ने छ । रेलको सेवामा दैनिक ३० हजार गरी वर्षमा १ करोडले सेवा लिने तथा सामान ढुवानी लगायतको काम गर्ने लक्ष्य छ । यसबाट वार्षिक १ अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर १ अर्ब वचत हुने कम्पनीका निर्देशक शर्माले जनाए । परियोजना सुरु भएपछि १ सय जना स्थायी कर्मचारीले रोजगार पाउने रेल्वे कम्पनीका अध्यक्ष अध्यक्ष हरि तिवारीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित