अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

८ अर्ब लागतमा बन्ने भयो तिलोत्तमामा ट्राम रेल

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्राम रेल सञ्चालन हुने भएको छ । तीन वर्षअघि तिलोत्तमामा नगरपालिकाले लगानी सम्मेलनमा गरेको प्रतिबद्धताअनुसार अगाडि बढेको ट्राम रेल संचालन योजनाको नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिलान्यास गरे ।

सरकार र नागरिकको संचालनमा चलेको रेल्वे सेवा देशकै नमूना हुने नगरप्रमुख खाणले बताए । रेल्वेमा ५ सय ५० जना संस्थापक सदस्य रहेका छन् ।

कुल ८ अर्ब लागतमा नगरभित्र ५० किलोमिटरको दूरीमा रेल सेवा सञ्चालन हुनेछ । जसमा लुम्बिनी प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र नागरिकबाट ४९ प्रतिशत लगानी जुटाइने छ ।

तिलोत्तमा चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन गरिनेछ । १४ फिट ट्राम रेलको चौडाइले ओगट्ने छ। त्यसमा ५ फिटको ट्रयाक हुनेछ । १० फिट डिब्बाको चौडाइ हुनेछ भने त्यसमा दायाँ बायाँ दुई/तीन फिट छोडिनेछ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए ।

लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डीपीआर बनाएको कम्पनीले एक वर्षभित्र ४ किलोमिटरको तयारी पूरा गरेर रेल सञ्चालन लक्ष्य लिएको छ । प्रबन्ध सञ्चालक शर्माले ट्राम रेल वातावरण मैत्री हुने र पर्यटकिय विकासमा सघाउने बताए ।

यो विद्युतबाट चल्ने लाइट रेल्वे हो । एउटा रेलमा ५ वटा डिब्बा हुने छन् । शर्माले भने ‘यो सिटी रेल हो, मेट्रो जस्तै स्टाण्डर गेजको हुन्छ । मनोरञ्जन दिने पर्यटकीय रेल भएकाले गती केही कम हुनेछ।’

ट्राम रेल १२ वटा ट्राममध्ये ६ वटा पश्चिमबाट टाइगर प्यालेस हुँदै रिङरोड र ६ वटा पूर्वमा योगीकुटी रोहिणी जलासयतर्फ चल्ने छन् । पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाइवेलाई जोड्ने गरी स्तर वृद्धि र विकास गर्ने शर्माले बताए ।

ट्राममा एक पटकमा २ हजार ५ सय जना चढ्न मिल्ने छ । रेलको सेवामा दैनिक ३० हजार गरी वर्षमा १ करोडले सेवा लिने तथा सामान ढुवानी लगायतको काम गर्ने लक्ष्य छ । यसबाट वार्षिक १ अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर १ अर्ब वचत हुने कम्पनीका निर्देशक शर्माले जनाए । परियोजना सुरु भएपछि १ सय जना स्थायी कर्मचारीले रोजगार पाउने रेल्वे कम्पनीका अध्यक्ष अध्यक्ष हरि तिवारीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार