नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

भैरहवामा मंसिर २३ देखि ब्यापार मेला

आर्थिक तथा पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यसहित रुपन्देहीको भैरहवामा आगामी मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ हुने भएको छ । महोत्सवले कलासंस्कृति, पर्यटन, कृषि तथा औद्योगिक एवं व्यापार क्षेत्रमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

मेला आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी ‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको जनाएको छ । संघले आयोजना गर्न लागेको यो मेला आठौं संस्करण हो । मेलामा स्थानीय उत्पादन प्रदर्शनीसँगै राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ भने विद्यालयस्तरीय नृत्य प्रतियोगिता र भ्वाइस अफ भैरहवा प्रतियोगितासमेत आयोजना गरिएको छ ।

रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा ब्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, यस क्षेत्रका विभिन्न जातजातिका कला–सांस्कृतिकोे संरक्षण गर्दै मुख्यतः सिद्धार्थनगर र लुम्बिनी प्रदेशको आन्तरिक र बाह्य पर्यटनलाई प्रबद्र्घन गर्ने, विभिन्न जिल्लाका मौलिक विशिष्टता बोकेको बस्तु तथा उत्पादनहरुको प्रर्दशनी तथा प्रवद्र्धन गर्ने उद्देश्यसाथ मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक भीष्मप्रसाद न्यौपानेले जानकारी दिए ।

‘विभिन्न उद्योग तथा ब्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरुले भाग लिने यस लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ मा २५० स्टलहरु रहनेछन्’, अध्यक्ष न्यौपानेले भने, ‘यस क्षेत्रमा गरिने यस महोत्सवबाट आन्तरिक एवं वाह्य पर्यटकको आगमनमा वृद्घि हुने तथा भारतीय सीमावर्ती शहरबाट पनि सहभागिता हुने हुँदा पर्यटन प्रवद्र्धन एवं आर्थिक गतिविधिहरु चलायमान हुने विश्वास लिइएको छ । भवगान गौतमबुद्धसँग, लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था समेत गराइनेछ ।’

संघका महासचिव विजय पाण्डेले उपभोक्ता र उत्पादक एवं किसानहरुको प्रत्यक्ष भेटघाट हुने महोत्सवबाट यस भेगमा उत्पादित कृषिजन्य वस्तुहरु माछा तथा यस क्षेत्रका कुटीर, घरेलु एवं राष्ट्रिय स्तरका उद्योगहरुबाट उत्पादित उत्पादनहरुको विशेष प्रस्तुतीकरण गरिने जनाए । ‘यस बाट नयाँ उद्यमीहरुको विकास र कृषिको व्यवसायीकरणमा पनि उल्लेख्य भूमिका रहने विश्वास लिएका छौं’, महासचिव पाण्डले भने । मेलामा लुम्बिनीमा बाह्य तथा आन्तरिक पर्यटकहरुको चासोलाई अभिबृद्धि गर्ने खालका महोत्सवसँग सान्दर्भिक विभन्न प्रस्तुति, स्थानीय पर्यटन बिकास तथा स्थानीय सिप र साधनको प्रयोग हुने घरेलु उत्पादनको प्रवद्र्धनका लागि बिभिन्न सरोकारवालाहरुलाई एकै स्थलमा ल्याई छलफल र गोष्ठीको आयोजना गर्ने कार्यक्रम रहेको उनले जनाए ।

यस क्षेत्रका विद्यालयहरुका विद्यार्थीहरुलाई विभिन्न प्रतियोगिताहरुका माध्यमबाट महोत्सवसँग जोड्ने र अकर्षण गर्ने कार्यक्रमहरु समेत आयोजना गरिने आयोजकले जनाएका छन् । ‘हामी सबैको अपनत्वको रुपमा महोत्सवलाई अगाडि बढाउने उद्देश्यका साथ रुपन्देहीका विभिन्न पालिकाहरुसँगको सहकार्य र समन्वय गरेका छौं’, पाण्डेले भने । करिब २ लाख ५० हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको मेला अवधिमा करिब रु. १० करोड बराबरको कारोवार हुने अनुमान गरिएको अध्यक्ष न्यौपानेको भनाई छ । ‘जसकारण महोत्सबाट थप आर्थिक चलायमान हुने अपेक्षा गरिएको छ’, उनले भने ।

महोत्सवले स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरुबीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरुलाई जानकारी दिने, स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीको बजार प्रबद्र्घन गर्ने पनि आयोजकले विश्वास लिएका छन् । उद्योगी, ब्यवसायीहरुको पेशागत हकहितका साथै उद्योग व्यापारको विकास र विस्तारका लागि वि.स.२०११ सालमा सिद्घार्थ उद्योग वाणिज्य संघको स्थापना भएको हो । वि.स. २०६१ सालदेखि भैरहवामा मेला महोत्सवको शुरुवात गर्दै अनुकुलता अनुसार दुई–दुई बर्षमा संघले लुम्बिनी पर्यटन महोत्सव आयोजना गर्दै आएको छ ।

संघले यसअघि २०६१, २०६३, २०६५, २०६७, २०६९, २०७१ र २०७५ सफलतापूर्वक महोत्सव सम्पन्न गरिसकेको छ । महोत्सव सफलतापूर्वक सम्पन्न गर्नका लागि कार्यसम्पादन समिति, संयोजक समिति गठन गरी तयारी भइरहेको संघका बाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । यस महोत्सवमा स्टल लिई आफ्नो बस्तु तथा सेवाको प्रवद्र्धन गर्न चाहने सम्पूर्ण उद्योग तथा व्यापार प्रतिष्ठान, घरेलु तथा महिला उद्यमी, संघसंस्था तथा सबै सरोकारवालाहरुमा आ–आफनो व्यक्तिगत तथा संस्थागत पहलबाट प्रचार प्रसार र सहयोग गर्न संघले आग्रह गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार