लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर लुम्बिनीमा मन्त्रिमण्डल बिस्तार बाँकेको बाहुवली हर्बलमा आगलागी लुम्बिनी एमालेले टुङ्ग्यायो पाँच मन्त्रीको नाम लुम्बिनी प्रदेशमा मन्त्रीहरू थपिँदै, सरकारलाई पूर्णता दिन भागबन्डा लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व अर्घाखाँची सिमेन्टले एनएमबि क्यापिटल लिमिटेडलाई तोक्यो शेयरको निष्काशन तथा बिक्री प्रबन्धक                
समाचार :

रुपन्देही क्षेत्र नं. २ को निर्वाचनको तयारी अन्तिम चरणमा

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालय बुटवलले ४ मंसिरमा हुन लागेको निर्वाचनको तयारी ९५ प्रतिशत भएको बताएको छ ।

बुधबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी ९५ प्रतिशत भएको बताएको हो ।

बांकी ५ प्रतिशतको काम मतदान केन्द्र अधिकृतले मतदानका सामाग्री लैजान बांकी रहेको र मतदान केन्द्रमा खटिन बांकी रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालय बुटवलका निर्वाचन अधिकृत उदविर नेपालीले बताए ।

निर्वाचनका लागि रुपन्देही २ मा सुरक्षाकर्मी बाहेक १ हजार ५४ कर्मचारी खटिएका छन् । रुपन्देही २ मा २३ मतदान स्थल र १३१ मतदान केन्द्र तथा २ वटा अस्थायी मतदान केन्द्र रहेका छन् । कुल १ लाख २६ हजार ८०७ मतदाता रहेको रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्य तर्फ १५ जना उम्मेदवार चुनावी मैदानमा छन् भने क्षेत्र नं. २(१) मा ११ तथा २(२) मा १२ जना उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत नेपालीले मतदान हुनु अघिनै सर्वदलिय बैठक मार्फत निष्पक्ष, स्वतन्त्र मतदान गर्ने बातावरण सहमती गरेको जानाकारी दिए । साथै उनले रुपन्देही २ मा निर्वाचन आचारसंहिता अहिले सम्म उल्लघन भएको बारे लिखित निवेदन नआएको बताउंदै मौखिक केही उजुरी आएको र दलका उम्मेदवार तथा प्रतिनिधीलाई तत्काल आचरसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको बताए ।

घरदैलोमा बढि झण्डाको प्रयोग गरिएको, लाउड स्पीकर बजाउने गरेको, आयोगले तोकेको भन्दा ठुलो आकारका झण्डा प्रयोग गर्ने गरेको निर्वाचन अधिकृतको कार्यालयमा मौखिक उजुरी आएको उनको भनाई छ । साथै उनले रुपन्देही २ मा रामनगर व्यारेक र सैनामैनाको २ नं. तालिम केन्द्रमा अस्थायी मतदान केन्द्र राखिएको समेत बताए ।

सो मतदान केन्द्रबाट सुरक्षाकर्मीले समानुपातिक तर्फ मत राख्नेछन् ।

यसैगरी १३१ निर्वाचन केन्द्र मध्ये २ वटा लैङगिक मैत्री र ६ वटा मतदान केन्द्र अपाङगमैत्री समेत बनाइएको उनले बताए ।

यसैगरी लुम्बिनी बाणिज्य क्याम्पसमा यस अघि १६ वटा मतदान केन्द्र रहेकोमा अहिले ८ वटा सोही क्याम्पसमा र ८ वटा नविन औद्योगिक स्कुलमा मतदान केन्द्र राखिएको छ । हाल सम्म निर्वाचन अधिकृतको कार्यालयले ४ वटा सर्वदलिय बैठक बसेको बताएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार