कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

गठबन्धनले ४ कार्तिकमा बुटवलमा प्रशिक्षण गर्ने

सत्तासिन पाँच दलीय गठबन्धनले आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्तिक ४ गते बुटवलमा प्रदेशस्तरीय प्रशिक्षण गर्ने भएको छ।

गठबन्धनको शनिबार बसेको बैठकले केन्द्रीय संयन्त्रले तोकेबमोजिम ४ गते बुटवलमा प्रशिक्षण कार्यक्रम गर्ने भएको हो।

प्रशिक्षणमा नेपाली कांग्रेसका सभापती एंव प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले सम्बोधन गर्नेछन्।

निर्वाचन केन्द्रीत प्रशिक्षणमा प्रत्येक पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कमिटिका पदाधिकारीको सहभागिता रहने नेपाली कांग्रेस सभापति रामकृष्ण खाँणले जानकारी दिए।

गठबन्धनको बैठकले गठबन्धनका दलको सहभागितामा निर्वाचन परिचालन समिति गठन गरिएको नेकपा एकीकृत समाजवादीका रुपन्देही अध्यक्ष अविराम विश्वकर्माले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार