बुटवल । टक्क पिरो टाठो । रमरम । मुखै रसाउने अमिलो अचार बनाउने र परिबारका सदस्यलाई स्वाद चखाउने उनको सानै देखि बानी थियो । परिबारका सदस्यहरुले ‘राम्रो अचार बनाउन त पार्वती बाट सिक्नपर्छ’ भन्दै उक्साउथे । उनलाई पनि लाग्थ्यो–‘म साच्चै अचार बनाउँदि रहेछु ।’
अचारकी पर्याबाची मात्र नभई पारखी समेत रहेकी तिलोत्तमा वडा नं. १ की पार्वती गिरीले विगत सम्झदै भनिन्–‘सानो उमेरमा अचार बनाउन सवैभन्दा अगाडि म पुग्थे । परिबारका सवैजनाले मलाई उक्साउनु हुन्थ्यो । म फुरुङ हुँदै अचार बनाएर खुवाउँथे ।’
गोलभेडा, काभ्रो, केराको बुआ, काक्रा, सिलाम र टिमुरको अचार उ बेला निकै मिठो बनाउथिईन रे, पार्वतीले ।
अहिले उनै पार्वतीले बनाएको अचारको स्वाद परिबार भित्र मात्र सिमित भएको छैन् । कुनै बेला परिबारलाई खुसी बनाउन अचार बनाउने पार्वतीले अहिले आफुले बनाएको अचारलाई परिबार बाहिर पुराउन सफल भएकी छिन् । उनले तिलोत्तमा वडा नं. १ मा लकासी अचार उद्योग नै स्थापना गरेर आफ्नो अचारको स्वाद जिल्ला जिल्लामा पुराएकी छिन् । कोशेलीका रुपमा त धेरै देशमा उनले तयारी गरेको अचार पुगेको छ ।
***
पार्वतीका पती ४७ बर्षिय भेषराज गिरी लामो समय देखि विदेशमा पसिना बगाएका थिए । कहिले भारत त कहिले दुवईमा उनले पसिना बगाउँदै १७ बर्ष विताए । दुई सन्तानकी आमा पार्वती पतीलाई बेला–बेला भन्थिन–‘आउनुस् यतै केही मेसो निकालेर उद्यम गरौला । संगै बसौला ।’ जवाफमा पतिले भन्थे–‘तिमीले केही काम गर्न आँट गर । त्यसपछि मात्र म नेपाल फर्कन्छु ।’
दुई बालबच्चाको स्याहार सुसाहार, उनीहरुलाई पढाउने, लेखाउने जिम्मेवारी पार्वती सामु थियो । पती भेषराज विदेशमै हुने । घरको काम र छोराछोरीको रेखदेखमै उनका धेरै बर्ष विते । पती भेषराजले भने जस्तो उनले केही गर्ने आँट आउन समय लाग्यो ।
छोरी राखी हुर्किईन । विहेवारी पनि भयो । यो बीचमा भेषराज नेपाल आउने जाने क्रम चलिरह्यो । पार्वतीका छोरा पनि रोहन गिरी हुर्कदै थिए ।
दिउँसभर छोरा रोहन स्कुल जान्थे । घरमा एक्लै हुन्थिन पार्वती । एक्लै बस्दा गर्दा उनले केही काम गर्ने योजना बनाउन थालिन ।
‘काम गर्ने योजना पनि बनाए । सेनेटरी प्याड, सिलाई, अगरबत्ती बनाउने तालिम लिइएकी थिए । तर गर्ने के ? त्यो निक्यौल गर्न सकेकि थिईन ।’ उनले भनिन् ।
०७४ असार २ गते शंकरनगर स्थित सामुहिक विकास बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले २ दिने अचार बनाउने तालिम दियो । उनी सेयर सदस्यका हैसिएतले तालिम लिईन ।
२ दिनको तालिमले उनलाई बाल्यकाल सम्झायो । त्यो ट्याक्क पिरो, रमरम, अमिलो अचार बनाएका त्यी दिन सम्झायो । बाल्यकालमा बनाएका अचारका स्वाद भन्दा उनलाई यो २ दिनमा सिकेको अचारको स्वाद आफैलाई अनौठो लाग्यो रे ।
‘२ दिनको तालिम पछि मेरो बाटो अब अचार हो भन्ने सहकारीले दिएको त्यो तालिमले खोलिदियो । त्यसपछि अचार विक्रि गर्ने उनको योजना बन्यो ।
अचार बनाउने तालिममा उनी सहित युवा पोखरेल, जुना पुरी, कमला कुँवर केसी, सिता पराजुली र उमा थापा पनि थिए । तालिम सकिएकै दिन उनीहरुले अचार बनाएर विक्रि गर्ने योजना बनाए । ६ जनाको उनको समुहले प्रति व्यक्ती ५ हजारका दरले ३० हजार जम्मा पारे । त्यो पैसाले आँप किने र केही भाडा खरिद गरे । पैसा सकिएपछि पुनः ३० हजार उठाए । यसरी उनीहरुले सामुहिक अचार उत्पादन गर्न थाले ।
अचारको माग दिनानु दिन बढ्दै गयो । सहकारीका तत्कालिन अध्यक्ष चुरामणी खरेलले सामुहिक अचार बनाउन र विक्रि गर्न प्रेरित गरे । देवी वाग्ले, उषा घिमिरे, दुर्गा पौड्याल र माया घिमिरेले हौसला र सहयोग गरे ।
६ जनाको समुहले शुभलाभ अचार व्यवसाय सुरु गरेपछि सामुहिक सहकारीले पनि सामुहिक लोनको अवधारणा ल्यायो । ४ लाखको त्यो सामुदायिक लोने पहिलो पटक त्यहि शुभलाभ अचार व्यवसायीले प्राप्त गरे ।
६ महिना पछि उक्त समुहबाट पार्वती छुट्टिईन ।
‘६ महिना समुहमा काम गरेपछि आफै व्यवसाय सुरु गर्ने र विदेश भएका श्रीमानलाई नेपाल बोलाउने निर्णय गरे । त्यसपछि पनि उहां नेपाल फर्कनुभयो । त्यसपछि हामी दुवैले आफ्नै लगानीबाट अचारको व्यवसाय थाल्यौ ।’ उनले भनिन् ।
विदेशबाट पती भेषराज आएपछि पार्वतीले ‘लकासी अचार उद्योग’ स्थापना गरिन । ४५ हजार आफ्नो र ५५ हजार सामुहिक विकास बचत तथा क्रृण सहकारी संस्थाले लगानी गरेपछि एक लाखको लगानीमा अचार उद्योग सुरु भयो ।
‘सहकारीले सुरुमा तालिम दियो । यति सम्मकी कार्यालय अगाडि टेवल र कुर्ची उपलब्ध गराएर बजारमा सहजिकरण गर्ने काम पनि सहकारीले भयो । सहकारीले लगाएको टेकोले अहिले यहाँ सम्म आई पुगेकी हुँ ।’ उनले भनिन् ।
बार्षिक ३६ लाखको कारोबार
१ लाखको लगानी बाट सुरु भएको उद्योगबाट पार्वती र उनका पति भेषराज खुसी छन् । तिलोत्तमा १ जनप्रिय पथमा रहेको घरमा अचार बनाउने र तिलोत्तमा वडा नं. ३ शंकरनगरमा विक्रि केन्द्र स्थापना पार्वतीले गरेकी छिन् । पती भेषराज अचारकै मार्केटिङ गर्छन ।
अचार उद्योगमा ४ जनाले रोजगारी पाएका छन् । अचारका व्यापारमा प्रतिस्पर्धा छन् । मेला महोत्सवमा लकासी अचार अनिवार्य जस्तै बनेको छ ।
पार्वतीका अनुसार सिजनलमा २१ प्रकारका अचार बन्छन् । अपसिजनमा १२ प्रकारका अचार बन्छन् । लसुन, अकबरी, आँप, मिक्स अचार उनले विक्रि गर्ने सवैभन्दा बढि अचार हुन ।
उनले रुपन्देही संगै पाल्पा, गुल्मी, कपिलबस्तु, नवलपरासीमा आफ्नो अचार विक्रि हुँदै गएको बताईन । अचारबाटै पार्वतीले मासिक ३ लाख अथार्त बार्षिक ३६ लाख रुपैया सम्मको कारोबार गर्ने गरेको उनी बताउँछिन् ।
उद्योग सञ्चालनको पाँच बर्षमा पार्वती अहिले धेरैलाई तालिम दिन सक्ने भएकी छिन् । जिल्ला भित्र मात्र नभई जिल्ला बाहिर गएर उनले सेनेटरी प्याड र अचारको तालिम ८ सय भन्दा बढिलाई दिएको बताईन ।
‘प्रतिस्पर्धा बढि भएपनि आफ्नो क्वालिटीले विक्रिमा अहिले अप्ठयारो छैन् ।’ उनले भनिन् ।
सहकारीले बचत र क्रृणको काम मात्र गर्दैन, उद्यमी बनाउँछ–मरासनी
तिलोत्तमा नगरपालिका वडा नं. ३ स्थित
सामुहिक विकास बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले अहिले सम्म सयौ सेयर सदस्यलाई उद्यममा जोड्न सफल भएको छ । सहकारीले समुदायमा छरिएर रहेको श्रम, सीप, प्रविधि र स–सानो पुजीलाई एकचित्र गरी समृद्धिको एउटा प्रभावकारी माध्यमको काम पनि गरिरहेको छ ।
‘धेरैले सहकारीले बचत र क्रृण प्रभाह मात्र गर्छन भन्नेहरुका लागि हाम्रा सफल उद्यमीहरुलाई हेरे मात्र पुग्छ । हामीले उद्यममा सदस्यलाई जोडेका छौ । कम भन्दा कम क्रृण दिएर आय आर्जनमा जोड्न सफल भएका छौ ।’ सहकारीका सूचना अधिकारी ईश्वरी मरासनीले भने ।
पार्वती मात्र होईन सहकारीकै सहयोगबाट प्रतिमा पन्त, भागिरथा पराजुली, कमला केसी कुँवर, रेनु पचभैया, धनीदेवी श्रेष्ठ, उषा ठकुरी जस्ता धेरै महिलाहरुलाई उद्यमी बनाएको उनले बताए । उनले बार्षिक रुपमा ५० जनालाई उद्यममा जोड्ने गरी निती र कार्यक्रम बनाउने समेत बताए ।